धनगढी विमानस्थल पुन: आंशिक बन्द

कैलाली। धनगढी विमानस्थल फेरि आंशिक बन्द गरिने भएको छ।

मर्मत सम्भारको काम नसकिएको भन्दै १० माघसम्मका लागि विमानस्थल आंशिक बन्द हुने भएको हो।

१ पुसदेखि नै विमानस्थल पूर्ण रुपमा संचालनमा आउने भनिएकोमा समयमा काम सम्पन्‍न नभएका कारण पुन: समयसीमा बढाउनु परेको धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढाथापाले बताए।

उनले मर्मत सम्भार र स्तरबृद्धिको काम जारी रहेपनि चिसोका कारण अपेक्षाकृत रुपमा काम गर्न नसकिएकोले १० माघ बिहानसम्म विमानस्थल आंशिक बन्द रहने बताए।

केही दिनदेखी बढेको चिसो र रातिको समयमा काम गर्न नसकिने भएकाले अन्तिम पटकका लागि विमानस्थल आशिंक बन्द गर्ने निर्णय भएको बुढाथापाको भनाइ छ।

धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र एक हजार ८०० सय मिटर लम्वाईको धावनमार्ग कालोपत्रे छ।

विमानस्थलका अनुसार मर्मतपछि धावनमार्गको दायाँबायाँ दुई/दुई मिटर चौडाइ फराकिलो हुनुका साथै पार्किङ क्षमता समेत बढाइने छ।

झण्डै २२ करोडमा धावनमार्गमा कालोपत्रे थप गरिने छ।

अहिले तीनवटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरी विस्तारको काम भइरहेको छ।

यसअघि पनि मर्मत सम्भार र स्तरबृद्धिका लागि जेठमा एक महिना विमानस्थल पूर्ण बन्द गरिएको थियो।