हिमपातले सडक, टेलिफोन र बिजुली अवरुद्ध

अमरगढी। भारी हिमपातले जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र बिजुलीविहीन बनेको छ ।

केही दिनयताको तापक्रम झर्दो अवस्थाले इन्टरनेटलगायतका सञ्चारसेवासमेत अवरुद्ध भएका छन् ।

उग्रतारा डडेल्धुरा यातायात प्रालिका अनुसार लामो तथा छोटो दूरीका सञ्चालन हुने सवारी साधन चल्ने ग्रामीण सडकसमेत हिमपातले अवरुद्ध भएको छ।

दूरसञ्चार कार्यालय डडेल्धुराका शिवराज बोहराले हिमपातले अवरुद्ध सञ्चार सेवालाई सुचारु बनाउन प्रयास भइरहेको जानकारी दिए।

नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र डडेल्धुराका अनुसार विद्युतसेवा सुचारु बनाउन प्रयास भइरहेको छ।

विद्युत् अवरुद्ध हुँदा जिल्लाको गन्याधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल र भागेश्वर गाउँपालिका तीन दिनदेखि अन्धकारमय बनेको छ। रासस

प्रतिक्रिया दिनुहोस्