आजदेखि मौसममा सुधार आउँदै
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएको छ।
१९ पुससम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर भएकाले आज, २१-२२ पुसमा मौसम सामान्यतया सफा हुनेछ।
मौसम खुले पनि बिहान र बेलुका चिसो रही रहने हुनाले चिसोबाट जोगिन महाशाखाको अनुरोध छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
केही दिनयता देशभर पानी र हिमपातका कारण जनजीवन प्रभावित बनेको थियो।
प्रतिक्रिया दिनुहोस्