'ब्रेन गेन सेन्टर' द्वारा काम शुरू, पाँच हजार विज्ञ आबद्ध हुने सम्भावना
काठमाडौं। विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आबद्ध विज्ञले नेपालमा काम शुरू गरेका छन्।
परराष्ट्र मन्त्रालयको सक्रियतामा गत वैशाखमा सेन्टर स्थापना भएको थियो।
सेन्टर मातहत रहेर काम गर्ने उद्देश्यले गठित अमेरिकी ‘ब्रेन गेन इनिसियटिभ्स’मार्फत दुई जिल्लाबाट काम शुरू भएको हो।
हालसम्म ब्रेन गेन सेन्टरको वेब पोर्टलमा ६४६ जना विज्ञले नाम दर्ता गराएका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाहेक विभिन्न देशका छरिएर रहेका झन्डै ४० लाख नेपालीको ध्यान स्वदेशमा केन्द्रित गराउन ब्रेन गेन सेन्टरले भूमिका निर्वाह गर्ने बताए।
“यसमा यो वा ऊ त्यस्तो केही हुने छैन,” उनले भने,  “सेन्टरलाई विस्तारै स्वायत्त र आत्मनिर्भर निकायका रूपमा सिर्जना गर्नेछौँ।”
सरकारको नीति, योजना र मन्न्त्रालयसँग जोडेर विज्ञलाई हौसला दिन सरकार पनि सँगै जोडिएर अघि बढ्ने मन्त्री ज्ञवालीले बताए।
सेन्टरका नीति तथा योजना महाशाखाका प्रमुख कुमारराज खरेलका अनुसार अमेरिकामा कार्यरत विज्ञ समूहले गोरखा र गुल्मीमा प्रारम्भिक चरणको परियोजना शुरू गरेको छ।
चितवन र गण्डकीको थप दुई जिल्लामा काम शुरु शुरू तयारी रहेको आजको गोरखापत्रमा समाचार छ।
कृषि, शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवासँग जोडिएर काम थालनी भएको अमेरिकाका विज्ञ डा. सतिश देवकोटाले बताए।
प्रतिक्रिया दिनुहोस्