काठमाडौं। रियाल मड्रिडले शनिबार राती छिमेकी क्लब गेटाफेलाई ३–० ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
राफायल भरानको प्रहार गेटाफेको गोलकिपर डेबिड सोरियालाई लागेर गोलमा परिणत भएपछि रियालले ३४औं मिनेटमा अग्रता लियो। ५३औं मिनेटमा टोनी क्रुसको पासमा भरानले अर्को गोल थप्दै रियालको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा लुका मोड्रिचले अर्को गोल थपेपछि रियालको तीन अंक पकका भएको थियो। यससँगै रियाल तीन खेलपछि जित निकाल्न सफल भएको छ।
जितसँगै रियाल कम्तिमा केही समयका लागि भए पनि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १९ खेलबाट ४० अंक जोडेको रियाल शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानको बार्सिलोनाले आजै स्पानियोलको भ्रमण गर्दै। स्पानियोललाई पराजित गरे बार्सिलोनाले शीर्ष स्थानमा उक्लिनेछ। गेटाफे ३० अंकका साथ सातौं स्थानमा छ।
आजै भ्यालेन्सियाले इबरले १–० ले पराजित गर्यो। म्याक्सिमिलियानो गोमेजले २७औं मिनेटमा गरेको गोल भ्यालेन्सिको जितमा पर्याप्त बन्यो। भ्यालेन्सिया ३१ अंकका साथ छैटौं स्थानमा छ। १९ अंक जोडेको इबर १६औं स्थानमा छ।