काठमाडौं। बलरले उत्कृष्ट प्रदर्शन गरेपछि केप टाउनमा जारी दक्षिण अफ्रिकाविरूद्धको दोस्रो टेष्टमा इङ्ल्यान्डले पुनरागमन गरेको छ।
इङ्ल्यान्डले दोस्रो दिन बिहान २६९ रन जोड्दा सबै विकेट गुमाएरपछि ब्याटिङ थालेको दक्षिण अफ्रिकाले ४० रन जोड्दा तीन विकेट गुमाइसकेको थियो। तर, दिउँसोको सात्रमा डिन एल्गरले र रसी भान डेर डुसानले चौथो विकेटका लागि ११७ रनको साझेदारी गरेपछि भ्रमणकारी टोलीका बलर निराश भएका थिए।
तर, चिया सत्रपछि इङ्ल्यान्डले पाँच विकेट लिएपछि दोस्रो दिनको समाप्तीमा दक्षिण अफ्रिका २१५–८ को स्थितिमा छ। एल्गरले ८८ रन बनाउँदा भान डेर डुसानले ६८ रन जोडे। क्विन्टन डी ककले २० रन बनाए। भेर्नोन फिलान्डर १३ रन बनाएर क्रिजमा छन्।
इङ्ल्यान्डका जेम्स एन्डरसनले ३४ रन दिएर तीन विकेट लिए। स्टुवार्ट ब्रोडले ३६ रन दिएर दुई विकेट लिए भने साम कुरानले ३९ रन दिएर दुई विकेट लिए। डोमिनिक बेसले एक विकेट लिए।
इङ्ल्यान्डले २६२–९ को स्थितिबाट दोस्रो दिन शुरू गरेको थियो।