कांग्रेस नेता पाैडेलले भने- 'सभापतिका कारण पार्टी कमजोर बन्नु हुँदैन' <p>काठमाडाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै नेता तथा कार्यकर्तालाई समेटी अगाडि बढ्नुपर्ने बताएका छन्।&nbsp;</p> <p>रत्ननगर नगर समितिले आज चितवनको टिकौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र विकृति मौलाउन दिन नहुनेमा जोड दिए।</p> <p>&ldquo;सभापतिका कारण पार्टी कमजोर बन्नु हुँदैन&rdquo;, पाैडेलले भने, &ldquo;व्यक्तिगत स्वार्थमा कोही लाग्नु हुँदैन, पार्टी बलियो भए मात्र सबै बलियो हुन्छौँ।&rdquo; पार्टीलाई रोगमुक्त बनाउन आफूले ९ बुँदे सुझाव पेश गरेको नेता पौडेलले जानकारी गराउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन&nbsp; सभापतिसँग आग्रह गरे।</p> <p>काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी कब्जा गर्ने नभई सत्ता कब्जा गर्ने गरी नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो । काँग्रेस रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय डिना उपाध्याय, कमला पन्त, चितवन सभापति जीतनारायण श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न विधाबाट १२ जना तथा पार्टी पूर्वनगरसभापति चार जनालाई सम्मान गरिएको थियो ।</p>
प्रतिक्रिया दिनुहोस्