काठमाडाैं। धादिङ जिल्लाको उत्तरी भेगमा हत्या, डकैती र लुटपाट मच्चाई सर्वसाधारणलाई त्रासमा पार्दै आएकाे भन्दै साइँला भनिने दुर्गाबहादुर तामाङलाई पक्राउ गरिएकाे छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को विशेष टोलीले दुर्गाबहादुरलाई कास्कीको पोखराबाट पक्राउ गरेको हो।
पहिचान बदलेर बसिरहेका अवस्थामा सिआईबीको टोलीले १८ पुसमा पक्राउ गरेकाे गरेकाे थियाे। उनलाई आवश्यक कानूनी कारबाहीका लागि आज जिल्ला प्रहरी कार्यालय धदिङमा बुझाइएको सिआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए।
दुर्गाबहादुर व्यक्ति हत्यामा दोषी प्रमाणित भई फरार हुँदै आएका व्यक्ति हुन्। २०६७ मा धादिङको दार्खामा धारिलो हतियारले हानेर शिव थापाकाे हत्या गरेकाे घटनामा अदालतबाट दोषी करार भई पाँच वर्ष सजाय तोकिएको थियो।
त्यसपछि फरार हुँदै आएका दुर्गाबहादुरले २०६९ मा पनि दार्खाको रातमाटेमा भीषण सिंखडालाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ। २०७६ मा पनि दुर्गाबहादुरसहित पूर्ण, वविन र मनोज तामाङको मिलेमतोमा धादिङ खनियाबासमा स्थानीयवासी कैलाश दीक्षितलाई खुकुुरी देखाई ज्यान मार्ने धम्की दिएर ६ लाख १० हजार रूपैयाँ लुटेको प्रहरीको अभिलेखमा उल्लेख छ। रासस
" /> काठमाडाैं। धादिङ जिल्लाको उत्तरी भेगमा हत्या, डकैती र लुटपाट मच्चाई सर्वसाधारणलाई त्रासमा पार्दै आएकाे भन्दै साइँला भनिने दुर्गाबहादुर तामाङलाई पक्राउ गरिएकाे छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को विशेष टोलीले दुर्गाबहादुरलाई कास्कीको पोखराबाट पक्राउ गरेको हो।पहिचान बदलेर बसिरहेका अवस्थामा सिआईबीको टोलीले १८ पुसमा पक्राउ गरेकाे गरेकाे थियाे। उनलाई आवश्यक कानूनी कारबाहीका लागि आज जिल्ला प्रहरी कार्यालय धदिङमा बुझाइएको सिआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए।

">