भक्तपुर। चाँगुनारायण नगरपालिका–१, दुवाकोटस्थित चाँगुनारायण इञ्जिनियरिङ कलेजबाट दुवाकोट जाँदै गरेको बा१ख ९०९० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ घर भई हाल दुवाकोट बस्ने ३० वर्षको भीमबहादुर योञ्जन (तामाङ) रहेको जिल्ला महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
दुर्घटनामा बसका यात्रु उदयपुर सोरङ नगरपालिका– ४ बस्ने ३४ वर्षीय चित्रबहादुर थापा घाइते भएको र उनको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियाे। घाइते थापा उपचारपछि घर फर्किएका छन्।
बसका चालक बेदाबहादुर चौलागाई, सहचालक भीमबहादुर तामाङलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ। रासस
" /> भक्तपुर। चाँगुनारायण नगरपालिका–१, दुवाकोटस्थित चाँगुनारायण इञ्जिनियरिङ कलेजबाट दुवाकोट जाँदै गरेको बा१ख ९०९० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ घर भई हाल दुवाकोट बस्ने ३० वर्षको भीमबहादुर योञ्जन (तामाङ) रहेको जिल्ला महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

">