लागुऔषधसहित सिरहामा दुईजना पक्राउ <p>सिरहा। प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। लहान नगरपालिका&ndash;३, सिंयाहीमा चेकजाँचको क्रममा दुई युवकलाई पक्राउ गरेको हो।</p> <p>पक्राउ पर्नेमा लहान नगरपालिका&ndash;३ का २० वर्षीय गोपिन्दर कामैत र लहान नगरपालिका&ndash;१ का चन्दन चौधरी रहेको प्रहरीकाे भनाइ छ। प्रतिबन्धित लागुऔषध फेनारगन १० एम्पुल, नोर्फिन ११ एम्पुल र डाईजील्याब ११ एम्पुल बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्