नीर शाह र सन्तु तामाङलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’
काठमाडौं। कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई कामना अवार्डमा ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ प्रदान गरिएको छ।

आज ललितपुरमा कामना मासिकको आयोजनामा भएको कार्यक्रममा शाह र तामाङलाई यो अवार्ड प्रदान गरिएको हो।

कार्यक्रममा नायिका करिश्मा मानन्धर, पूजा शर्मा, स्वस्तिमा खड्का, सुहाना थापा, मेनुका प्रधानदेखि निर्देशक दीपाश्री निरौला, झरना थापा, दिवाकर भट्टराईलगायतको उपस्थिति थियो।

सिजी कामना फिल्म अवार्डस् २०७६ को निर्णायक मण्डलले झन्डै एक महीना समय लगाएर अवार्डमा सरिक हुन आवेदन भरेका फिल्महरू अवलोकन गरी मूल्यांकन गरेपछि प्रतिस्पर्धात्मक २६ विधामा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

उत्कृष्टता, पारदर्शिता र निष्पक्षता भन्ने नारालाई अंगीकार गरी आयोजना हुँदै आएको कामना फिल्म अवार्डस् समारोहमा कूल ३२ विधामा अवार्ड प्रदान गरिन्छ। गोदरेज नम्बर वन पपुलर च्वाइस अवार्डसमेत कूल १५ लोकप्रिय विधामा दर्शकको एसएमएस भोटका आधारमा विजेता चयन गरिँदै आएको छ।

२०७१ सालदेखि नेपाली चलचित्र क्षेत्र तथा यससँग सम्बन्धित चलचित्रकर्मी र कलाकर्मीको मान, प्रतिष्ठा र प्रोत्साहन गर्न भन्दै कामनाले कामना फिल्म अवार्डको आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्