काठमाडाैं। काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहरको संकलन कार्य फरक–फरक दिन शुरू गरेको छ। सबै फोहर एकै स्थानमा व्यवस्थापन गर्दा समस्या भएको भन्दै महानगरपालिकाले हप्ताको चार दिन कुहिने र तीन दिन नकुहिने फोहर संकलन कार्य शुरू गरेको हो। ३२ वडा रहेको महानगरपालिकाले पहिलो चरणमा वडा नं १२, १८ र २१ मा यो कार्य शुरू गरेको छ।

काठमाडाैं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार नकुहिने तथा सोमबार, बुधबार र शुक्रबार कुहिने फोहर सङ्कलन कार्य भइरहेको छ। प्रमुख श्रेष्ठका अनुसार तोकिएको समयअनुसार फोहर सङ्कलन गर्ने सवारीसाधनले  कुहिने र नकुहिने फोहर सङ्कलन गर्नेछन्। विभागले फोहरको सही सदुपयोग गर्न वर्गीकरण शुरू गरेको जनाएको छ।

पहिलो केही वडामा काम शुरू गरेको भए पनि अन्य वडामा पनि यस किसिमको कार्यको थालनी गर्नका लागि अभ्यास भइरहेको श्रेष्ठले जानकारी गराए। अव्यवस्थित शहरीकरण, आवश्यक पूर्वाधारको अभाव, जनसंख्या वृद्धि, जनचेतनाको अभावजस्ता कारणले महानगरपालिका क्षेत्रको फोहरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा फोहर सङ्कलन गर्न नयाँ व्यवस्था लागू गरिएको हो।

महानगरले आगामी दुई महिनाभित्र ३२ वटै वडामा वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्ने तयारी गरेको छ। अहिले उपत्यकामा घरेलु, औद्योगिक, रासायनिक, स्वास्थ्य संस्थाजन्य वा हानिकारक फोहरमैला उत्पादन बढी हुने गरेको छ।

फोहरलाई स्रोतमा नै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्दै फोहरमैलाको परिमाण कम गर्न घर–घरबाट उत्सर्जन हुने जैविक र अजैविक फोहर फरक किसिमले भाँडोमा राख्ने परिपाटीको विकास गर्न तालिका बनाएर फोहर सङ्कलन गरेको श्रेष्ठकाे भनाइ छ।

यसरी संकलन गरिएको जैविक र अजैविक फोहर छुट्याई जैविकलाई कम्पोस्ट मलमा रुपान्तरण गर्ने, करेसाबारीमा प्रयोग गर्ने अजैविक फोहरलाई पुनःप्रयोग गर्ने गरी महानगरपालिकाले यस किसिमको विधि अपनाएको हो। हाल उपत्यकाका १८ स्थानीय निकायबाट दैनिक एक हजार ४५ टन फोहर संकलन हुने गरेको छ। रासस

" /> काठमाडाैं। काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहरको संकलन कार्य फरक–फरक दिन शुरू गरेको छ। सबै फोहर एकै स्थानमा व्यवस्थापन गर्दा समस्या भएको भन्दै महानगरपालिकाले हप्ताको चार दिन कुहिने र तीन दिन नकुहिने फोहर संकलन कार्य शुरू गरेको हो। ३२ वडा रहेको महानगरपालिकाले पहिलो चरणमा वडा नं १२, १८ र २१ मा यो कार्य शुरू गरेको छ।

काठमाडाैं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार नकुहिने तथा सोमबार, बुधबार र शुक्रबार कुहिने फोहर सङ्कलन कार्य भइरहेको छ। प्रमुख श्रेष्ठका अनुसार तोकिएको समयअनुसार फोहर सङ्कलन गर्ने सवारीसाधनले  कुहिने र नकुहिने फोहर सङ्कलन गर्नेछन्। विभागले फोहरको सही सदुपयोग गर्न वर्गीकरण शुरू गरेको जनाएको छ।

पहिलो केही वडामा काम शुरू गरेको भए पनि अन्य वडामा पनि यस किसिमको कार्यको थालनी गर्नका लागि अभ्यास भइरहेको श्रेष्ठले जानकारी गराए। अव्यवस्थित शहरीकरण, आवश्यक पूर्वाधारको अभाव, जनसंख्या वृद्धि, जनचेतनाको अभावजस्ता कारणले महानगरपालिका क्षेत्रको फोहरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा फोहर सङ्कलन गर्न नयाँ व्यवस्था लागू गरिएको हो।

महानगरले आगामी दुई महिनाभित्र ३२ वटै वडामा वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्ने तयारी गरेको छ। अहिले उपत्यकामा घरेलु, औद्योगिक, रासायनिक, स्वास्थ्य संस्थाजन्य वा हानिकारक फोहरमैला उत्पादन बढी हुने गरेको छ।

फोहरलाई स्रोतमा नै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्दै फोहरमैलाको परिमाण कम गर्न घर–घरबाट उत्सर्जन हुने जैविक र अजैविक फोहर फरक किसिमले भाँडोमा राख्ने परिपाटीको विकास गर्न तालिका बनाएर फोहर सङ्कलन गरेको श्रेष्ठकाे भनाइ छ।

यसरी संकलन गरिएको जैविक र अजैविक फोहर छुट्याई जैविकलाई कम्पोस्ट मलमा रुपान्तरण गर्ने, करेसाबारीमा प्रयोग गर्ने अजैविक फोहरलाई पुनःप्रयोग गर्ने गरी महानगरपालिकाले यस किसिमको विधि अपनाएको हो। हाल उपत्यकाका १८ स्थानीय निकायबाट दैनिक एक हजार ४५ टन फोहर संकलन हुने गरेको छ। रासस

"> कुहिने र नकुहिने फोहर संकलन फरक–फरक दिन: Dekhapadhi
कुहिने र नकुहिने फोहर संकलन फरक–फरक दिन
काठमाडाैं। काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहरको संकलन कार्य फरक–फरक दिन शुरू गरेको छ। सबै फोहर एकै स्थानमा व्यवस्थापन गर्दा समस्या भएको भन्दै महानगरपालिकाले हप्ताको चार दिन कुहिने र तीन दिन नकुहिने फोहर संकलन कार्य शुरू गरेको हो। ३२ वडा रहेको महानगरपालिकाले पहिलो चरणमा वडा नं १२, १८ र २१ मा यो कार्य शुरू गरेको छ।

काठमाडाैं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार नकुहिने तथा सोमबार, बुधबार र शुक्रबार कुहिने फोहर सङ्कलन कार्य भइरहेको छ। प्रमुख श्रेष्ठका अनुसार तोकिएको समयअनुसार फोहर सङ्कलन गर्ने सवारीसाधनले  कुहिने र नकुहिने फोहर सङ्कलन गर्नेछन्। विभागले फोहरको सही सदुपयोग गर्न वर्गीकरण शुरू गरेको जनाएको छ।

पहिलो केही वडामा काम शुरू गरेको भए पनि अन्य वडामा पनि यस किसिमको कार्यको थालनी गर्नका लागि अभ्यास भइरहेको श्रेष्ठले जानकारी गराए। अव्यवस्थित शहरीकरण, आवश्यक पूर्वाधारको अभाव, जनसंख्या वृद्धि, जनचेतनाको अभावजस्ता कारणले महानगरपालिका क्षेत्रको फोहरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा फोहर सङ्कलन गर्न नयाँ व्यवस्था लागू गरिएको हो।

महानगरले आगामी दुई महिनाभित्र ३२ वटै वडामा वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्ने तयारी गरेको छ। अहिले उपत्यकामा घरेलु, औद्योगिक, रासायनिक, स्वास्थ्य संस्थाजन्य वा हानिकारक फोहरमैला उत्पादन बढी हुने गरेको छ।

फोहरलाई स्रोतमा नै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्दै फोहरमैलाको परिमाण कम गर्न घर–घरबाट उत्सर्जन हुने जैविक र अजैविक फोहर फरक किसिमले भाँडोमा राख्ने परिपाटीको विकास गर्न तालिका बनाएर फोहर सङ्कलन गरेको श्रेष्ठकाे भनाइ छ।

यसरी संकलन गरिएको जैविक र अजैविक फोहर छुट्याई जैविकलाई कम्पोस्ट मलमा रुपान्तरण गर्ने, करेसाबारीमा प्रयोग गर्ने अजैविक फोहरलाई पुनःप्रयोग गर्ने गरी महानगरपालिकाले यस किसिमको विधि अपनाएको हो। हाल उपत्यकाका १८ स्थानीय निकायबाट दैनिक एक हजार ४५ टन फोहर संकलन हुने गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्