टिपरको ठक्करबाट जनकपुरमा एक महिलाको मृत्यु

धनुषा। धनुषाको जनकपुरधाममा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–६ की ४५ वर्षीया सुधादेवी ठाकुर रहेकी छन्।

पूजा गरी फर्किने क्रममा ना १ क ४५०९ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएकी ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित पगलाबाबा धर्मशाला नजिक टिपरले ठक्कर दिएको धनुषा प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी ठाकुरको उपचारको क्रममा जानकी हेल्थ केयर सेन्टरमा मृत्यु भएको हो।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्