इजरायलविरुद्ध संयुक्त राष्ट्रसंघमा महत्वपूर्ण प्रस्ताव पास बीबीसी। संयुक्त राष्ट्रसंघको शीर्ष मानवअधिकार संस्थाले गाजामा इजरायल र चरमपन्थी संगठन हमासबीच ११ दिनसम्म चलेको हिंसात्मक संघर्षको जाँच ‘युद्ध अपराध’को रुपमा गर्ने भएको छ। राष्ट्रसंघीय मानवअधिकार परिषद् (युएनएचआरसी)मा यो प्रस्ताव २४–९ भोटले पास भएको हो। भारतलगायत १४ देश यो मतदानमा सहभागी भएनन्। बिहीबार परिषदमा प्यालेस्टाइनमा खास सत्र बोलाइएको थियो। सो संघर्षमा गाजामा २४८ जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्