काठमाडौं। मार्नुस लाबुसेनले उत्कृष्ट लयलाई निरन्तरता दिँदै दोहोरो शतक बनाएपछि न्युजिल्याण्डविरूद्धको तेस्रो टेष्टमा अस्ट्रेलियाले आफ्नो पकड कायम राखेको छ।
सिड्नी क्रिकेट मैदानमा दोस्रो दिन घरेलु टोली अस्ट्रेलियाले पहिलो इनिङमा ४५४ रन बनाएको छ। दोस्रो दिन सकिँदा न्युजिल्यान्ड बिनाविकेट क्षति ६३ रन बनाएर खेलिरहेको छ। पाहुना टोलीका ओपनर टोम लाथम २६ तथा टोम ब्लुनडेल ३४ रन बनाएर खेलिरहेका छन्।
अस्ट्रेलियाले २८३–३ को स्थितिबाट तेस्रो दिन थालेको थियो। अस्ट्रेलियाका लाबुसेन १३० तथा म्याथ्यु वेड २२ रनको स्थितिमा थिए। वेडले अघिल्लो दिनको स्थितिबाट कुनै रन नजोडी पवेलियन फर्किए। लाबुसेनले भने दोस्रो दिन थप ८५ रन जोडे।
टेष्टमा पहिलो पटक दोहोरो शतक पूरा गरेका लाबुसेनले २१५ रन जोड्दा टोड एस्टलको बलमा ‘कट एण्ड बोल्ड’ भए। कप्तान टिम पाइनले ३५ रन बनाए भने मिचेल स्टार्कले २२ रन बनाए।
न्युजिल्यान्डका नेल वाग्नर र कोलिन डी ग्राण्डहोमले समान तीन विकेट लिए। एस्टलले दुई तथा म्याट हेनरी र विलियम समरभिलाले एक–एक विकेट लिए।
" /> काठमाडौं। मार्नुस लाबुसेनले उत्कृष्ट लयलाई निरन्तरता दिँदै दोहोरो शतक बनाएपछि न्युजिल्याण्डविरूद्धको तेस्रो टेष्टमा अस्ट्रेलियाले आफ्नो पकड कायम राखेको छ।

">