काठमाडौं। सन्दीप लामिछानेले आज बिग बास लिगको मेलबर्न डर्बी खेलमा तीन विकेट लिएका छन्। सन्दीपले तीन विकेट लिएपछि मेलबर्न स्टार्सले मेलबर्न रेनेगार्ड्सलाई १४२ रनमा रोकेको छ। सन्दीपको टोली मेलबर्न स्टार्सले जितका लागि १४३ रनको लक्ष्य पाएको छ।
मेलबर्न क्रिकेट मैदानमा मेलबर्न स्टार्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङ थालेको मेलबर्न रेनेगार्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन बनायो।
सन्दीपले चार ओभरमा २६ रन दिएर तीन विकेट लिए। सन्दीपले शन मार्सलाई नाथन कोलटर-नेलमार्फत् क्याच गरे। त्यस्तै ड्यानियल क्रिष्टियनलाई पिटर ह्यान्सकोम्बमार्फत् क्याच गरेका सन्दीपले टोम कुपरलाई एलबिडब्लू आउट गरे।
सन्दीपबाहेक मेलबर्न स्टार्सका एडम जम्पाले र डेल स्टेनले समान दुई विकेट लिए। कोलटर नेलले एक विकेट लिए।
मेलबर्न रेनेगार्ड्सका लागि मार्सले सबभन्दा धेरै ४३ रन बनाए। बेउ वेबस्टरले २९, एरोन फिन्चले २५, विल सथरल्यान्डले १६ तथा साम हार्परले १२ रन जोडे।