संकटमा पानीगोहोरो
इलाम। विश्वमा लोपाेन्मुख सूचीमा रहेको पानीगोहोरोको संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुने अवस्थामा छ। मानवीय अतिक्रमण, खाद्यबालीमा विषादीको प्रयोग र चोरी निकासीका कारण पानीगोहोरो सङ्कटमा परेको हो।

हल्का खैरो रङको हुने पानीगोहोरोलाई स्थानीय समुदायले ‘पानीकुकुर’ पनि भन्छन्। सन् २००४ मा गरिएको अध्ययनमा लोपाेन्मुख सूचीमा रहेको पानीगोहोरो नेपालको इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लामा पाइन्छ। सन् १९८० देखि २००० सम्म गरिएको अध्ययनमा बढ्दो वन फँडानी, मानवीय अतिक्रमण र खाद्यबालीमा घातक विषादीको प्रयोगका कारण लोप हुँदै गएको पत्ता लागे पनि संरक्षणका लागि हालसम्म पनि पहल नभएको हो।

एक हजारदेखि तीन हजार मिटरसम्म पाइने पानीगोहोरो झ्याउ भएको जङ्गल, सफा पानी, पोखरीहरू, सिम र स–सना पानीका मुहानमा वर्षातमा बस्ने गरेको अध्ययनकर्ता चिकित्सक के आर खम्बुले बताए। वर्षातमा बाहिर देखिने पानीगोहोरो हिउँदमा जमिनमुनि दबेर बस्ने गर्छ।

नेपाल, भारत, चीन, म्यान्मार र थाइल्यान्डमा पाइने यो सरीसृप प्रजाति विश्वमा कति संख्यामा छ भन्ने अध्ययनकर्ताले यकिन गर्न सकेका छैनन्। नेपाल र भारतमा स्थानीय समुदायले औषधि बनाउन प्रयोग गर्ने पानीगोहोरो म्यान्मारमा माछा मार्न प्रयोग हुँदै आएको अध्ययनमा उल्लेख छ। नेपालमा स्थानीयवासीले पानीगोहोरो ढाड कम्मर दुखेमा औषधिका रूपमा प्रयोग गर्दै आएको माईपोखरीका कमल मुखियाले बताए।

विश्वमा पाल्तु जनावरका रूपमा माग बढ्दै गएको पानीगोहोरोको संरक्षणको काम नहुँदा नेपालबाट तस्करीसमेत हुने गरेको अध्ययनकर्ता बताउँछन्। भाले १५ दशमलव तीन सेन्टिमिटर र पोथी १६ दशमलव चार सेन्टिमिटर लामो हुने गरेको अध्ययनकर्ता ह्याज एन्ड ड्युटीको अध्ययनमा उल्लेख छ। ड्युटीले सन् २००४ मा पानीगोहोरोलाई लोपाेन्मुख सूचीमा रहेको सरीसृप रहेको निष्कर्ष निकालिएको छ ।

नामका अध्ययनकर्ताले पानीगोहोराे संरक्षणका लागि पहल नभए नेपालबाट पूरै लोप भएर जाने अध्ययनमा उल्लेख गरेका छन्। सन् १९८० को दशकदेखि अध्ययन शुरू गरी सन् २००० सम्म अध्ययन गरिए पनि नेपालको इलामस्थित माइपोखरीमा सन् २०१६ मा अध्ययन गरिएको थियो।

खासगरी एक हजारदेखि तीन हजार मिटर उचाइमा पाइने सफा पानीमा बस्ने भएपछि पछिल्ला विकास निर्माणका गतिविधिले सिमसार, पोखरी र पानीका मुहान धमिलो भएका कारण संख्या घट्ने गरेको अध्ययनमा उल्लेख छ। वर्षातमा जमिनमाथि र हिउँदमा जमिनमुनि बस्ने गरेकाले अहिलेसम्म विश्वमा कति संख्या छ भन्ने यकिन भइनसकेको अन्तर्राष्ट्रिय संस्था आयुसिएनकाे भनाइ छ। आयुसिएन संस्थाले सन् २००४ मा पानीगोहोरोलाई लोपोन्मुख सूचीमा सूचीकृत गरेको थियो।

झ्याउ भएको जङ्गल, सफा पानी, पोखरीहरू, सिम र स–साना पानीका मुहानमा पाइने र हिउँदमा जमिनमुनि दबेर बस्ने गरे पनि दक्षिण र पूर्वी एशियामा लोप हुनुकाे कारण बढ्दो वन फँडानी र मानवीय अतिक्रमण, खाद्यबालीमा घातक विषादीको प्रयोग मुख्य कारक मानिएको छ। भारतको दार्जिलिङ क्षेत्रमा लोप हुनुकाे कारक बढ्दो चिया रोपण, पर्यटकीय क्षेत्रको विकास,  व्यापारिक क्षेत्र बनाउनु र बढ्दो सहरीकणका कारण छन्।

पूर्वी नेपालका तीन जिल्लामा पाइने गरे पनि संरक्षणका लागि गैरसरकारी संस्थाले सचेतनामूलक कार्यक्रम गरे पनि सरकारी निकायमा कुनै पनि कार्यक्रमहरू सञ्चालन गर्न सकेका छैनन्। पूर्वी पहाडी जिल्लाको पहिलो रामसार क्षेत्र माईपोखरीमा पानीगोहोरो पाइने गरे पनि अहिले संरक्षणका काम गाउँपालिकास्तरबाट पहल भइरहेको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए। माईपोखरी क्षेत्रको स–सना सिमसार क्षेत्रमा पानीगोहोरोेको बासस्थान संरक्षणको काम गरिएको महेश राईको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्