चीन, रुस र पाकिस्तानलगायत २४ देश इजरायलविरुद्ध उभिए काठमाडौं। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद (युएनएचआरसी)मा भएको मतदानमा ४७ मध्ये चीन, रुस, पाकिस्तानलगायत २४ देश इयरायलको विरुद्धमा उभिएका छन्।इजरायल र हमासबीच केही दिनअघि भएको ११ दिन लामो संघर्षलाई ‘युद्ध अपराधको रुपमा अनुसन्धान गर्ने’ विषयमा मतदान भएको थियो। उक्त प्रस्तावको पक्षमा चीन, रुस, पाकिस्तान बंगलादेश, फिलिपिन्स, अर्जेन्टिना, बहराइन, क्युबा, इण्डोनेसिया, लिबिया, मेक्सिको, नामिबिया, उज्वेकिस्तान, सोमालिय र सुडानले मतदान गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्