‘म मस्कट हुन मिलान आएको होइन’: इब्राहिमोभिच

एजेन्सी। जाल्टन इब्राहिमोभिचले ‘मस्कट’ भएर बस्नका लागि आफु इटालियन क्लब एसी मिलान नआएको बताए।

३८ वर्षे इब्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब मिलानसँग अर्को सिजनका लागि विकल्प खुला राख्दै ६ महिनाका लागि सम्झाैता गरेका छन्।

इब्राहिमोभिचले यसअघि पनि एसी मिलानबाट खेलिसकेका छन्। २०१० देखी २०१२ सम्म मिलानमा विताउँदा इब्राहिमोभिचले ६१ लिग खेलमा ४२ गोल गरेका थिए।

"मैले के गर्नुपर्छ भनेर मलाई राम्रोसँग थाहा छ। म अझै यही छु," इब्राहिमोभिचले भने।

इब्राहिमोभिच नोभेम्बरमा मेजर लिग सकरको क्लब एलए ग्यालेक्सीबाट मिलानमा अनुबन्ध भएका हुन्। उनले थपे, "म २० वर्षको ह्ँदा भन्दा अहिले ३८ वर्षको उमेरमा धेरै प्रस्ताव आएका छन्।"

मिलानमा पूनः आफुले प्रभाव जमाउने भन्दै इब्राहिमोभिचले भने, "क्लबलाई जिताउन पूनः एक पटक म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु। एटलान्टाविरूद्धको खेलपछि मलाई अझ धेरै कल आएका छन्। म मिलानको मस्कट भएर बस्न यहाँ आएको होइन। मेरो आवेग कहिल्यौं कम हुनेछैन।"

एटलान्टाविरूद्धको खेलमा मिलान ५-० ले पराजित भएको थियो। १७ खेलमा २१ अंक जोडेको मिलान अहिले इटालियन सिरी ‘ए’ को ११औं स्थानमा छ। सात पटकको युरोपियन च्याम्पियन मिलानले २०११ यता ठुलो उपाधि जित्न सकेको छैन। मिलानले १८ इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ।

इब्राहिमोभिचले २०१२ मा मिलान छोड्नुका कारण व्यवसायिक भएको बताए। उनले थपे, "विविध कारणवस मैले पहिला क्लब छोड्नु पर्‍यो। त्यो भन्दा पनि म पुनः यहाँ फर्किएको छु। त्यो महत्वपूर्ण हो। क्लबलाई माथि उकास्न म धेरै भन्दा धेरै सहयोग गर्न चाहन्छु।"

प्रतिक्रिया दिनुहोस्