पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै: मौसम कतै सुधार, कतै उस्तै !

काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार देशैभर आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशका मध्य तथा पुर्वी भू-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भू-भागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुन सक्ने छ भने पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ।

राति मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको संभावना रहेको छ ।

भोलि २० पुसमा देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। २१ पुसमा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका कतिपय स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाले अबको २४ घण्टा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि सुझाएको छ।

काठमाडौं उपत्यकामा पनि आज अहिलेसम्म घाम लाग्न सकेको छैन। काठमाडौंको न्यूनतम तापक्रम ५.५ छ भने अधिकतम तापक्रम ९.९ छ।

सुदूरपश्चिमको डडेलधुरामा हिमपात रोकिएको छ। तर चिसो भने खासै कम भएको छैन। विहान ५:४५ मा डडेलधुराको न्यूनतम तापक्रम माइनस १.५ मापन गरिएको छ।

हिमपात रोकिएपछि खुलेको डडेलधुरा तस्वीरमा:

प्रतिक्रिया दिनुहोस्
.jpg)
.jpg)