सात पुर्वकर्मचारीले हाले किम कार्दशियनविरुद्ध मुद्धा एजेन्सी। अमेरिकी रियालिटी टेलिभिजन स्टार किम कार्दशियन अक्सर कुनै न कुनै विवादका कारण चर्चामा रहने गर्छिन्। हालै सात पुर्वकर्मचारीहरुले कार्दशियनमाथि कामको भुक्तानी दिन ढिला गरेको भन्दै मुद्धा दर्ता गराएपछि उनको चर्चा फेरि चुलिएको हो। कर्मचारीहरुले कार्दशियनमाथि भुक्तानी दिन ढिलो गरेको र करको रुपमा आफूहरुबाट १० प्रतिशत लिएर सरकारलाई नबुझाएको आरोप लगाएका छन्। कर्मचारीहरुले कार्दशियनविरुद्ध लस एन्जलसमा मुद्धा दर्ता गराएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्