नाइजर नदीमा डुंगा पल्टियो, १४० बेपत्ता एजेन्सी।नाइजेरियाको नाइजर नदीमा बुधबार यात्रुवाहक डुंगा पल्टिँदा १४० जना बेपत्ता भएका छन्। डुंगामा १६० जनाभन्दा बढी यात्रु रहेको र २२ जनालाई पानीबाट निकालिएको नगास्की जिल्ला प्रमुखले जानकारी दिएका छन्।नगास्कीले भने, ‘‘धेरै मानिस मरेको हुनुपर्छ, कतिजना सवार थिए भन्न सकिन्न।’’ डुंगा यात्रुलाई लिएर नाइजरबाट पश्चिमोत्तर नाइजेरियाको केब्बी गइरहेको थियो। ८० जना अट्ने डुंगामा अधिक मानिस कोचेका कारण डुबेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्