काठमाडौं। अमेरिकाले इराकको राजधानी बगदादको एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गरेको आक्रमणमा इरानी विशेष दस्ताका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघले खाडी क्षेत्रमा अर्को युद्ध धान्न नसकिने बताएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अमेरिकाले इराकको राजधानीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकाद्वारा गरिएको आक्रमणपछि त्यस क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। उनले भने, “विश्वले फेरि अर्को खाडी युद्ध सहन सक्दैन।”
“राष्ट्रसंघका महासचिवले निरन्तर रूपमा खाडीमा भइरहेको तनावलाई कम गर्न निरन्तर पैरवी गरिरहनुभएको छ,” गुटेर्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो अवस्थामा विश्वका नेताहरूले हिंसालाई रोक्न अत्यधिक प्रयास गर्नुपर्नेछ। विश्वले खाडी क्षेत्रमा फेरि अर्को युद्धको भार थेग्न सक्दैन।”
संयुक्त राज्य अमेरिकाले शुक्रबार नै आफ्नो सेनाले कासिम सुलेमानीलाई मारेको घोषणा गरेको थियो। सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा रहँदै आएको र उक्त सुरक्षा बलले देश बाहिर गोप्य गतिविधिहरू गर्ने गरेको अमेरिकी दावी छ।
जनरल सुलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेको पनि चर्चा हुने गरेको छ। उनीसँग सन् १९८० को दशकमा भएको इरान–इराक युद्धमा पनि लडेको अनुभव रहेको थियो ।
" /> काठमाडौं। अमेरिकाले इराकको राजधानी बगदादको एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गरेको आक्रमणमा इरानी विशेष दस्ताका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघले खाडी क्षेत्रमा अर्को युद्ध धान्न नसकिने बताएको छ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अमेरिकाले इराकको राजधानीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकाद्वारा गरिएको आक्रमणपछि त्यस क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। उनले भने, “विश्वले फेरि अर्को खाडी युद्ध सहन सक्दैन।”

">