म्याग्दीमा हावाबाट बिजुली निकालियो म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको लभ्लीहिलमा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको छ। काठ,जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले बताए। यसमा करिब एक लाख खर्च लागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्