सडक डिभिजन सिरहाका निमित्त प्रमुखसहित तीन जना पक्राउ
सिरहा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको लहानमा रहेको सडक डिभिजन कार्यालयका निमित्त प्रमुखसहित तीन जनालाई पक्राउ परेको छ।

निमित्त प्रमुख सिभिल इञ्जिनियर विनोद साह तीन लाख रूपैयाँ घुससहित अख्तियारको फन्दामा परेका हुन्। अख्तियारको बर्दिबास कार्यालयबाट पुगेको आज साँझ उनलार्ई  कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।

यस्तै, इञ्जिनियर नविन साह र ओभरसियर विरेन्द्र साहलाई १५ लाख ९६ हजार रूपैयाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबासस्थ्ति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्