काठमाडाैं। कुर्कुच्चामा चोट लागेका रियाल मड्रिडका इडेन हाजार्डले ८ जनवरीमा हुने सुपर कप पनि गुमाउने भएका छन्। रियालका प्रशिक्षक जिनेदिन जिदानले कुर्कुच्चाको चोटका कारण मैदान बाहिर रहेका हाजार्ड सुपर कपमा पनि टोलीमा नहुने पक्का गरेका हुन्।
२०१९–२० को सिजन इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीबाट रियालसँग अनुबन्ध भएका बेल्जियन फरवार्ड हाजार्डले ला लिगामा आठ खेल मात्र खेलेका छन्। आठ खेलमा उनले एक गोल मात्र गरेका छन्।
पछिल्लो पटक नोभेम्बरमा च्याम्पियन्स लिगअन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)विरूद्ध खेलेका हाजार्डले बार्सिलोनाविरूद्धको ‘एल क्लासिको’ खेल पनि गुमाएका थिए। ‘एल क्लासिको’मा रियालले बराबरी खेलेको थियो। रियालले ला लिगामा अब गेटाफेविरूद्ध खेल्नेछ। त्यसअघि रियालले सुपर कपका लागि साउदी अरबको भ्रमण गर्नेछ। सुपर कपमा चार टोली समावेश छन्।
“हो, हाजार्डले सुपर कोपा नखेल्ने शतप्रतिशत पक्का हो,” जिदानले भने, ‘उनी साउदी भ्रमणमा हुने छैनन्। उनको चोट बिस्तारै ठीक हँुदैछ। सुपर कोपापछिको खेलमा उनी उपलब्ध हुने विश्वास छ।”
साउदी अरबको भ्रमण गर्ने टोलीबारे प्रशिक्षक जिदानले भने, “राम्रा खेलाडीहरूको टोली हुनेछन्। खेल अवस्थाअनुसार हामीले खेलाडी परिवर्तन गर्नेछौं। दुई–तीन खेलाडी मात्र हामीसँग हुँदैनन्।”
" /> काठमाडाैं। कुर्कुच्चामा चोट लागेका रियाल मड्रिडका इडेन हाजार्डले ८ जनवरीमा हुने सुपर कप पनि गुमाउने भएका छन्। रियालका प्रशिक्षक जिनेदिन जिदानले कुर्कुच्चाको चोटका कारण मैदान बाहिर रहेका हाजार्ड सुपर कपमा पनि टोलीमा नहुने पक्का गरेका हुन्।२०१९–२० को सिजन इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीबाट रियालसँग अनुबन्ध भएका बेल्जियन फरवार्ड हाजार्डले ला लिगामा आठ खेल मात्र खेलेका छन्। आठ खेलमा उनले एक गोल मात्र गरेका छन्।

">