गुटारेसको दोस्रो कार्यकाललाई भारतको समर्थन एजेन्सी। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसलाई दोस्रो कार्यकालका लागि भारतले समर्थन गरेको छ। गुटारेसको २०२२ बाट सुरु हुने पाँच वर्षे दोस्रो कार्यकालको उम्मेदवारीलाई भारतले समर्थन जनाएको हो। भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार गुटारेससँगको भेटमा आफ्नो देशको समर्थन रहेको बताएका हुन्। भेटमा उनले कोरोना भाइरस, भ्याक्सिनको उपलब्धता, जलवायु परिवर्तन तथा क्षेत्रीय मुद्दाबारे कुराकानी गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्