धनुषा बम विस्फोटका मुख्य योजनाकार पक्राउ
धनुषा। प्रहरीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विस्फोटको घटनाका मुख्य योजनाकार भनिएका व्यक्तिलाई पक्राउ गरेको छ।

बम विस्फोट घटनाका मुख्य योजनाकार नेत्रविक्रम चन्द समूहका नेता आदम राइनलाई प्रहरीले पक्राउ गरेको हो।

राइनलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेको थियो। घटनापछि फरार भएका राइनलाई २२ दिनपछि फक्राउ गरेको हो। पक्राउ परेका राइन चन्द समूहको नेकपाका केन्द्रीय सदस्य रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

२७ मंसीरमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परेर स्थानीय औषधि व्यवसायी राजेश साह, उनको छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज रहेका प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको थियो।

पक्राउ परेका राइनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ।

धनुषाका प्रहरी प्रमुख, एसपी रमेशकुमार बस्नेतले पक्राउको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए। प्रहरीले विस्फोटमा संलग्न रहेका नाै जनाको पहिचान भइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्