वर्षाले स्थगित भयो शहीद स्मारक ‘ए’ डिभिजन लिग
काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत भोलि, १९ पुसबाट शुरू हुने पाँचौ चरणका खेलहरू २१ पुसबाट हुने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार वर्षाका कारण दशरथ रंगशालाको मैदानमा हिलो भएकाले दुई दिनका लागि खेल स्थगित गरिएको हो।

एन्फाले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा लिग खेलाउँदै आएको छ।  तर, पाँचौं चरणका सबै खेल एन्फाले दशरथ रंगशालामा खेलाउने तालिका बनाएको थियो।

एन्फाले आज निकालेको नयाँ तालिकाअुनसार २१ पुसमा जावलाखेलले न्यूरोड टीम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ भने मछिन्द्र क्लबले शीर्ष स्थानमा उक्लिनका लागि मनाङ मस्र्याङ्दीसँग प्रतिस्पर्धा गर्नेछ।

२२ पुसमा हिमालयन शेर्पाले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ। २३ पुसमा ब्रिगेड ब्वाइजले थ्री स्टार क्लबसँग खेल्नेछ। सोही दिन च्यासल युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

२४ पुसमा संकटाले सशस्त्र प्रहरी बल (एपीएफ)सँग प्रतिस्पर्धा गर्नेछ। त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

चौथो चरणको खेल सकिँदा मनाङ १० अंकका साथ शीर्ष स्थानमा छ भने ९ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ। समान ९ अंक जोडेको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ।

जावलाखेल युथ क्लब आठ अंकका साथ चाैंथो स्थानमा छ। सात अंकका साथ पुलिस क्लब पाँचौं स्थानमा छ भने समान सात अंक जोडेको थ्री स्टार क्लब छैटौं स्थानमा छ।

पुछारमा रहेको सरस्वती क्लबले अंक जोडेको छैन। १३औं स्थानमा रहेको फ्रेण्ड्स क्लबले एक अंक जेडेको छ।

प्रतिक्रिया दिनुहोस्