हेटाैंडा। प्रदेश ३ का प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सभाबाट पारित भई आएको प्रदेशभित्र औद्योगिक व्यवसायको स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गरेका छन्।
प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले नेपालको संविधान धारा २०१ को उपधारा २ अनुसार सो विधेयक प्रमाणीकरण गरेकाे जानकारी दिए। तत्कालीन प्रदेश सभा चौथो अधिवेशनको अवधिमा ४५ विधेयक पारित भएको र सो विधेयकमध्ये आजको एउटासमेत गरी ४५ वटै विधयेकमा प्रमाणीकरण भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले बताए। रासस
" /> हेटाैंडा। प्रदेश ३ का प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सभाबाट पारित भई आएको प्रदेशभित्र औद्योगिक व्यवसायको स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गरेका छन्।प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले नेपालको संविधान धारा २०१ को उपधारा २ अनुसार सो विधेयक प्रमाणीकरण गरेकाे जानकारी दिए। तत्कालीन प्रदेश सभा चौथो अधिवेशनको अवधिमा ४५ विधेयक पारित भएको र सो विधेयकमध्ये आजको एउटासमेत गरी ४५ वटै विधयेकमा प्रमाणीकरण भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले बताए। रासस
">