‘अरुणाचल चीनको हो’ भन्ने भारतीय युट्युबर पक्राउ एजेन्सी। भारतीय युट्युबर तथा सामाजिक सञ्जालमा लोकप्रिय रहेका पारस सिंह उर्फ बन्टी मंगलबार पञ्जाबको लुधियानाबाट पक्राउ परेका छन्। युट्युबमा ‘पारस’ नामक च्यानल चलाउने सिंहमाथि अरुणाचल प्रदेशका कांग्रेस सांसद निनोंग एरिंगविरुद्ध जातिवादी टिप्पणी गरेको र ‘अरुणाचल प्रदेश चीनको हो’ भन्ने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाइएको छ। उनले ती कुरा आइतबार आफ्नो युट्युब च्यानलमार्फत् व्यक्त गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्