वर्षातका कारण अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान प्रभावित

काठमाडौं। पानी परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिक रूपमा प्रभावित भएको छ।

अन्तर्राष्ट्रिय उडानमा खासै समस्या नरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए।

तुवालोसहितको वर्षातका कारण दृष्टिक्षेत्र ( भिजिविलिटी) कम हुँदा आज बिहानैदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या भएको छ।

यन्त्रको सहायताबाट विमानचालकले हेर्ने दृश्य अर्थात् इन्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रविधिको सहायताले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेको छ।

विमानस्थलका अनुसार पहाडी क्षेत्रको उडान प्रभावित छ।

उच्च हिमाली क्षेत्रमा हिमपात भएको तथा पहाडी क्षेत्रमा पनि जहाजले उचाइ लिन नसक्ने भएका कारण उडान प्रभावित केसीले जानकारी दिए।

विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्