चट्याङ लागेर एकै परिवारका पाँच घाइते

बाँके। चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन्।

आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार नेपालगंज-१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन्।

घाइते अन्यमा ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीया सुबी खटिक छन्।

घाइते पाँचै जनाको नेपालगंजस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्