काठमाडौं। एभरेष्ट प्रिमियर लिगमा यस सिजन विश्व क्रिकेटका हस्तीहरू क्रिस गेल, हसिम अमला, एबि डी भिलियर्सजस्ता खेलाडीलाई ल्याउने प्रयास भइरहेको प्रतियोगिताका प्रबन्ध निर्देशक आमिर अख्तरले बताएका छन्।
‘‘हामी प्रतियोगितालाई थप उचाईमा पुर्याउन चाहन्छौं। त्यसैले हामीले विश्वका महान क्रिकेटरहरूलाई प्रतियोगितामा ल्याउने प्रयास गरिरहेका छौं,’’ प्रबन्ध निर्देशक अख्तरले भने, ‘‘क्रिस गेल, हसिम अमलाहरूसँग कुरा भइरहेको छ। निश्चित भने भइसकेको छैन।’’
इपिएलमा गत सिजन दक्षिण अफ्रिकाका रिचार्ड लेभी, इङ्ल्यान्डका पाउल कोघलिन, जर्ज स्कट, जोन सिम्पसन, आयरल्यान्डका पाउल स्टिर्लिङ, केभिन ओ’ब्रायन, स्कटल्यान्डका केली कोइट्जरजस्ता खेलाडीले खेलिसकेका छन्।
ट्वान्टी–२० स्वरूपको फ्रेन्चाइज क्रिकेट लिग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ चैतबाट हुनेछ। १५ चैतसम्म चल्ने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ(क्यान) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले स्वीकृती दिएको आयोजकले जनाएको छ।
यसअघि प्रतियोगिता १७ फागुनबाट १ चैतसम्म तोकिएको थियो।
इपिएलले २०२० का लागि वर्गीकरण ‘ए’ मा परेका १८ खेलाडीको नाम पनि सार्वजनिक गरेको छ। वर्गीकरण ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, शरद भेषावकर, आरिफ शेख, सन्दीप लामिछाने, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, कुशल भुर्तेल, सुवास खकुरेल, पवन सर्राफ, बसन्त रेग्मी, प्रदीप ऐरी, सुशन भारी, अबिनाश बोहरा, सोमपाल कामी रहेका छन्।
वर्गीकरण ‘ए’ मा परेका खेलाडीको आधार मूल्य २ लाख रूपैयाँ रहेको छ। वर्गीकरण ‘ए’ मा परेका खेलाडीलाई जुनसुकै टोलीले जुनसुकै रकममा किन्न सक्ने प्रावधान राखेको इपिएलले जनाएको छ।
टीम र खेलाडीको सहमतिमा उनीहरूको सरूवा हुन सक्ने छ। सरूवा हुँदा खेलाडीलाई तिरेको रकम ६० प्रतिशत खेलाडी र ४० प्रतिशत टिमलाई दिनुपर्नेछ। खेलाडी सरूवा बजार १७ पुसबाट २४ पुससम्म मात्र खुला रहने इपिएलले जनाएको छ।
इपिएलका अनुसार वर्गीकरण ‘ए’ का खेलाडी बेचेपछि रिक्त स्थानमा वर्गीकरण ‘ए’ कै खेलाडी अनुबन्ध गर्नु अनिवार्य छैन। त्यस्तै इपिएलले नेपालका अन्य घरेलु प्रतियोगिता खेल्ने विदेशी खेलाडीले यो प्रतियोगिता खेल्न नपाउने जनाएको छ।
नेपालमा पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग हुँदै आएका छन्। धनगढी प्रिमियर लिगले आयोजनाको मिति पाएको छैन भने पोखरा प्रिमियर लिग सम्पन्न भइसकेको छ।
२०१८ देखी २०२० सम्म धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग खेल्ने विदेशी खेलाडीले अब इपिएल भने खेल्न पाउने छैनन्। इपिएलको यो निर्णयसँगै रोहन मुस्तफा, बाबर हायल, पुनित मेहरालगायतका खेलाडीले अब इपिएल खेल्न पाउने छैनन्।