राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो
काठमाडौं। सरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुलेको छ।

विभागले आज सूचना निकालेर २३२ जना कर्मचारी माग गरेको छ।

रिक्त रहेको सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणी) पदमा खुला तथा समावेशि गरी २३२ जनाका विभागले दरखास्त आव्हान गरेको हो।

दरखास्तका लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका व्यक्तिको शैक्षिक योग्यता कम्तिमा एसएलसी उत्तीर्ण तोकिएको छ।

ईच्छुक नेपाली नागरिकले १९ माघसम्म साधारण दस्तुर तिरेर वा थप सात दिनभित्र दोब्वर दस्तुर बुझाइ दरखास्त दिनसक्ने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्