गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार ओखलढुंगा। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ। स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेका हुन्। जिल्लाको सुनकोशी, मोलुङ र खिजीदेम्बा गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार गरेको खिजीदेम्बाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्