कर्मचारीहरूको विवरण अद्यावधिक गर्दै मन्त्रालय
<p>काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको विवरण अद्यावधिकको काम थालेको छ। </p>
<p>मन्त्रालयले मातहतका निकाय तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई सात दिनभित्र व्यक्तिगत तथा कामसम्बन्धी विवरण अद्यावधिक गर्न १४ पुसमा पत्राचार गरेको हो। </p>
<p>संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको मन्त्रालयले धेरै त्रुटी भेटेपछि समायोजन सच्याउने गृहकार्यसमेत थालेको छ। </p>
<p>मन्त्रालय स्रोतका अनुसार सरुवा, बढुवा लगायतका कामलाई चुस्त दुरुस्त बनाउन तथा कर्मचारीहरूको ताजा विवरण यकिन अद्यावधिकको काम शुरु गरिएको हो। </p>
प्रतिक्रिया दिनुहोस्
