श्रीमतीको हत्या आरोपमा एक पक्राउ बागमती।मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ। ४२ वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई हेटौँडा–८ कमानेबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार ९ गते दिउँसो हेटौँडा–१० न्यूरेनीस्थित भुटनदेवी सामुदायिक वनमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा शव मगरको रहेको पहिचान खुलेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्