जमैकाका पर्यटनमन्त्रीले भने- 'नेपालको पुनर्निर्माण विश्वमै उदाहरणीय'
<p>काठमाडौं। जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्टलेटले १२ बैशाख ७२ को महाभूकम्पको क्षति र पुनर्निर्माणमा भइरहेको कामबारे स्थलगत जानकारी लिएका छन्। </p>
<p>'नेपाल भ्रमण वर्ष २०२०' को उद्घाटन समारोहमा सहभागी हुन आएका मन्त्री बार्टलले काठमाडौंमा पुनर्निर्माण भइरहेका धरहरा, वसन्तपुर, रानीपोखरी तथा त्रिपुरेश्‍वर महादेव मन्दिरको अवलोकन गरे। </p>
<p>अवलोकनको क्रममा जमैकाका पर्यटनमन्त्री बार्टेनले नेपालको पुनर्निर्माण विश्‍वका लागि अनुकरणीय भएको प्रतिक्रिया दिएको राष्‍ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
