यास चक्रवातका कारण मौसममा आंशिक प्रभाव काठमाडौं। देशभरको मौसम आज आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खांदीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण प्रदेश–१, प्रदेश–२, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली हुनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र प्रदेश–१ का उच्च हिमाली/पहाडी भूभागमा सामान्य हिमपात हुने सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्