वर्षासँगै ठाउँठाउँमा हिमपात, देशैभर चिसो
काठमाडौं। देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू-भागमा मौसम बदली भइ हल्कादेखि मध्यम  हिमपात हुनेछ।

मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ।

मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

अहिले नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले वर्षा गराउनुको साथै चिसो बढेको हो।

आज बिहान डडेल्धुराको तापक्रम सबैभन्दा कम शून्य डिग्री सेल्सियस मापन भएको छ।

हिमपातका कारण भीमदत्त राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ।

त्यस्तै जुम्लामा एक डिग्री सेल्सियस तापक्रम रहेको छ।

काठमाडौंमा भने आज बिहानको तापक्रम पाँच डिग्री सेल्सियस छ।

प्रतिक्रिया दिनुहोस्