काठमाडाैं। पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष २०२० एक विशेष कार्यक्रमबीच शुभारम्भ भएको छ।
लिस्बनको व्यस्त पर्यटकीयस्थल रोसियो स्क्वायरमा राष्ट्रिय झण्डा, भ्रमण वर्षको प्लेकार्ड र ब्यानर बोकेर भेला भएको नेपालीले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरू गाउँदै नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्यता र बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा जानकारी दिँदै भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरे।
नेपाली कलाकारले नेपाली मौलिक बाजा मादल, मुरली, बाँसुरी बजाउँदै राष्ट्रिय गीतहरू गाउँदा कैयौँ विदेशीले कार्यक्रम हेर्दै नेपालका बारेमा जानकारी लिएका थिए। भ्रमण वर्ष प्रारम्भ सभामा नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले नेपाल भ्रमण वर्षको महत्त्व र उद्देश्यबारे बताउँदै नेपाल भ्रमण गर्न आह्वान गरे।
" /> काठमाडाैं। पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष २०२० एक विशेष कार्यक्रमबीच शुभारम्भ भएको छ।लिस्बनको व्यस्त पर्यटकीयस्थल रोसियो स्क्वायरमा राष्ट्रिय झण्डा, भ्रमण वर्षको प्लेकार्ड र ब्यानर बोकेर भेला भएको नेपालीले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरू गाउँदै नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्यता र बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा जानकारी दिँदै भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरे।

">