राजमार्गको जामले बाटोमै बिरामीको मृत्यु्
काठमाण्डौं। मिर्गौलासम्बन्धी समस्या भएका एक बिरामीको त्रिभुवन राजपथमा भएको लगातारको सवारी जामका कारण बसभित्रै मृत्यु भएको छ।

रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाहको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको हो।

उनको ना ७ ख ५३६४ नम्बरको बसमा मृत्यु भएको धादिङको महादेवबेंसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले बताए।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलासिसका लागि सार्वजनिक यातायातमा काठमाडौं ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा उनको धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र बिरामीको मृत्यु भएको महादेवबेंसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताए ।

एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रि बस चढाएर ल्याइँदै थियो । शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको छ। आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए । आमासँगै सिटमा बसेका शाहको उनको काखमै मृत्यु भएको हो।

सडक मर्मतको काम र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्