एक किलो सुनसहित दुई भारतीय पक्राउ <p>काठमाडाैं। भित्री वस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नागरिकलाई आज प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहले भारतीय नागरिकले नौलो तरिका अपनाएर एक किलो सुन नेपाल भित्र्याए पनि उनीहरूको योजना विफल बनाएको बताए।</p> <p>सुन लिएर दुबईबाट आएका कासिव मोहम्मदले भारतबाट आएका मुसाफिन मोहम्मदलाई सुन हस्तान्तरण गर्ने क्रममा विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट गालेर पोको बनाएको अवस्थाको एक किलो सुन बरामद भएको छ।</p> <p>विमानस्थलमा राखिएको यन्त्रले समेत सुन पत्ता नलागे पनि प्रहरीले शंका लागेर जाँच गर्दा सुन बरामद् गरी उनीहरूलाई पक्राउ गरेको जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्