हत्या आरोपमा चार पक्राउ सप्तरी। रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ। धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका रामदलसँग गत बुधबार झगडा गरेको र कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्