आगलागीबाट एक करोडभन्दा बढीको क्षति काठमाडौं। देशका चार स्थानमा लागेको आगलागीले १ करोड ६ लाख ३० हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो चौबीस घण्टामा झापा, सप्तरी, मोरङ र कपिलवस्तुमा लागेको आगलागीले उक्त क्षति गरेको हो। झापाको शिवसताक्षी नगरपालिका–२ मंगलबारे बजारमा आगलागी हुँदा ८८ लाख ३० हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्