मोटरसाइकलबाट ३५ केजी गाँजा फालेर दुई जना फरार सुनसरी। धरान उपमहानगरपालिका–६ स्थित सेरा खोला पुलबाट करिब ३५ केजी अवैध लागूऔषध गाँजा आइतबार राती प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले बोरा फालेर फरार भएका थिए। प्रहरीले उक्त बोरा तलासी गर्दा प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा गाँजा फेला पारेको हो। प्रहरीले फरार व्यक्तिहरुको खोजी गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्