मापदण्ड विपरीतका स्यानिटाइजरसहित काठमाडौंबाट ३ जना पक्राउ काठमाडौं। मापदण्ड विपरीतका स्यानिटाइजरसहित ३ जनालाई काठमाडौंका विभिन्न उद्योगबाट प्रहरीले पक्राउ गरेका छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने उत्सव डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योगका सञ्चालक कमल अग्रवाल, सोही उद्योगका प्रोपाईटर राकेश अग्रवाल र काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने लामा समीप इन्टरप्राइजेज प्रालिका सञ्चालक सुमन लामा रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्