म्यानमार अब गृहयुद्धको बाटोमा, विद्रोहीको आक्रमणमा ४० सैनिक मरे एजेन्सी। सैन्य कूबाट राज्यसत्ता हत्याइएको म्यानमार अब गृहयुद्धको बाटोमा लागेको स्पष्ट देखिएको छ। लोकतन्त्र खोसिएपछि आक्रोशित बनेका स्थानीयको आक्रमणमा परी ४० सैनिकको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन्। सैनिक र स्थानीय विद्रोहीबीच आइतबार झडप भएको थियो। विद्रोहीले मो बायको एक प्रहरी थाना कब्जा गरेका थिए। म्यानमारका कतिपय स्थानमा गृहयुद्धको त्रासले स्थानीय पलायनसमेत हुन थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्