अमेरिकामा तीव्र आर्थिक वृद्धि हुन्छ : अर्थशास्त्री एजेन्सी। अमेरिकाका ४९ जना अर्थशास्त्रीहरु त्यहाँको आर्थिक वृद्धिबारे अत्यधिक आशावादी देखिएका छन्। तीव्र गतिमा कोरोना खोप वितरण, रोजागारी वृद्धि र सरकारी सहायताका कारण यो वर्ष विगत चार दशकमै सर्वाधिक आर्थिक वृद्धि हुने उनीहरुले अनुमान गरेका हुन्। नेसनल एसोसिएसन फर बिजनेस इकोनोमिक्सले सोमबार जारी गरेको सर्वेक्षणमा यो वर्ष अमेरिकाको अर्थव्यवस्था ६.५ प्रतिशतले बढ्ने उल्लेख छ। यो १९८४ पछिको सर्वाधिक वृद्धि हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्